भारतीय क्रिकेटको मुख्य प्रशिक्षकमा गौतम गम्भीरको चर्चा

हिमाल प्रेस ५ जेठ २०८१ ७:१० | Saturday, May 18, 2024
भारतीय क्रिकेटको मुख्य प्रशिक्षकमा गौतम गम्भीरको चर्चा

काठमाडौँ- भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट संघ (बीसीसीआई)ले इच्छा प्रकट गरेको छ।

हालका मुख्य प्रशिक्षक राहुल द्रविडको जुनमा भएको २०२४ को विश्वकपसँगै पदावधि सकिएको हो।

योसँगै भारतलाई नयाँ मुख्य प्रशिक्षकको खाचो परेको छ। गम्भीर भारतको मुख्य प्रशिक्षकको पद ग्रहण गर्ने इच्छा सूचीको शीर्षमा छन्।

उनी अहिले हाल आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर छन्। मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने अन्तिम म्याद आईपीएल फाइनलको एक दिनपछि मे २७ हो।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरको कोचिङको अनुभव नभएको भए पनि उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।

खेलाडीको रूपमा, गम्भीरले २००७ मा भारतको टी-२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए। उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सिजनहरूमा कोलकाताको कप्तानी गरे।

पाँच पटक टोली प्लेअफमा पुगेको थियो । कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए।

एजेन्सीबाट

प्रकाशित: ५ जेठ २०८१ ७:१० | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast