‘भष्ट्राचारीविरुद्ध आवाज उठाउँदै आएका छौँ, सुरुआत हामी आफैँबाट गर्नुपर्छ’

हिमाल प्रेस १० जेठ २०८१ १९:३३ | Thursday, May 23, 2024
‘भष्ट्राचारीविरुद्ध आवाज उठाउँदै आएका छौँ, सुरुआत हामी आफैँबाट गर्नुपर्छ’ धनराज गुरुङ

मनहरी-  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भए पनि व्यवस्था खराब नभएको बताएका छन्।

प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज (बिहीबार) हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उनले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राखे।

उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताए। ‘कांग्रेसले भष्ट्राचारीविरुद्ध आवाज उठाउँदै आएको छ। त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ,’ उनले भने।

 

प्रकाशित: १० जेठ २०८१ १९:३३ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast