बुद्ध जयन्तीले मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् : राष्ट्रियसभा अध्यक्ष

हिमाल प्रेस १० जेठ २०८१ १०:२० | Thursday, May 23, 2024
बुद्ध जयन्तीले मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् : राष्ट्रियसभा अध्यक्ष राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभर रहेका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उनले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।

‘मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ’, उनले सन्देशमा भनेका छन्, ‘बुद्ध जन्मस्थल लुम्बिनी नेपालको हुनु नै हाम्रो लागि गौरवको विषय हो, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरका बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि ठूलो योगदान हुनसक्छ।’

यसैबीच, अध्यक्ष दाहालले किरात समुदायको पर्व उभौलीका अवसरमा बेग्लै शुभकामना सन्देश जारी गरी यो पर्वले सबै वर्ग, लिंग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्ध सहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामना गरेका छन्।

सन्देशमा उनले भनेका छन्, ‘उँभौली पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु।’

सन्देशमा उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गरेका छन्।

प्रकाशित: १० जेठ २०८१ १०:२० | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast