बिरामी बिदाको रेकर्ड राख्न विद्यालय कर्मचारीलाई निर्देशन

हिमाल प्रेस १२ जेठ २०८१ १४:३१ | Saturday, May 25, 2024
बिरामी बिदाको रेकर्ड राख्न विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका मोरङले बिरामी बिदाको स्वीकृत रेकर्ड राख्न आग्रह गरेको छ।

अस्थायी शिक्षक तथा कर्मचारीलाई सञ्चित गरेको बिरामी बिदालाई स्थायी शिक्षक सरह सेवासुविधा राज्यले प्रदान गरेको छ।

जहदा गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकको बैठकबाट सबै किसिमको शिक्षक तथा कर्मचारीले आआफ्नो बिरामी बिदाको रेकर्ड अद्यावधिक गर्ने निर्णय भएको छ।

नेपाल विद्यालय कर्मचारी परिषद् स्थानीय कार्यसमिति जहदा गाउँपालिका अध्यक्ष मुकेश यादवले सम्पूर्ण विद्यालय कर्मचारीले बिरामी बिदा स्वीकृत गरी रेकर्ड राख्न आग्रह गरेका छन्।

विगतमा अस्थायी शिक्षकलाई आन्तरिक प्रक्रियाद्वारा स्थायी गरेको नजिर नियाल्दा बिरामी बिदाको सेवासुविधासमेत दिएको हुँदा यादवले भविष्यमा राज्यले विद्यालय कर्मचारीलाई स्थायी प्रक्रियामा लैजाँदा उक्त बिदाकोसमेत सेवासुविधा दिने चलन रहेकोले जहदाका विद्यालय कर्मचारीलाई बिरामी बिदा अद्यावधिक गराई राख्न अनुरोध गरेका हुन्।

प्रकाशित: १२ जेठ २०८१ १४:३१ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast