बालविकास शिक्षा सुधार माग गर्दै माइतीघरमा धर्ना

हिमाल प्रेस २ जेठ २०८१ १३:०० | Wednesday, May 15, 2024
बालविकास शिक्षा सुधार माग गर्दै माइतीघरमा धर्ना

काठमाडौँ- नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले प्रारम्भिक बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।

‘शैक्षिक अवसर सबैलाई बराबर’ नारासहित चापागाईं आज बिहान १० देखि बेलुकी ५ बजेसम्म निरन्तर उभिएर धर्ना दिने युनियनले जनाएको छ।

अध्यक्ष चापागाईंले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’, ‘शैक्षिक अवसर सबैलाई बराबर’ हुनुपर्ने बताएका छन्।

साथै उनले बालविकास शिक्षा सुधार, बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधा, कम्तिमा स्नातक योग्यता कायम गरी योग्यतानुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्न माग गरेका छन्।

शीर्षक र तस्बिर परिवर्तन गरिएकाे छ।

प्रकाशित: २ जेठ २०८१ १३:०० | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast