बार्सिलोनामा जाभीको उत्तराधिकारी फ्लिक

हिमाल प्रेस १७ जेठ २०८१ ७:४७ | Thursday, May 30, 2024
बार्सिलोनामा जाभीको उत्तराधिकारी फ्लिक

हान्सी फ्लिक बार्सिलोनाको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक फ्लिकले बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।

फ्लिकले गत हप्ता क्लबले बर्खास्त गरेको जाभीको स्थान लिएका छन्। फ्लिकले २०२० मा बायर्न म्युनिखसँग बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि सहितको ट्रेबल जितेका थिए।

यद्यपि, जर्मन राष्ट्रिय टोलीसँगको उनको पछिल्लो कार्यकालमा राम्रो नतिजा आउन सकेन। उनको प्रशिक्षणमा जर्मनी २०२२ को विश्वकपको समूह चरणबाट बाहिरिएको थियो।

फ्लिकलाई बार्सिलोनामा ‘नयाँ संरचना’ स्थापना गर्ने भूमिका दिइएको छ। स्पेन र युरोपमा चिर-प्रतिद्वन्दी रियल म्याड्रिडलाई चुनौती दिने लक्ष्य राखेका छन्। उनले छिट्टै बार्सिलोनाका स्पोर्टिङ्ग डिरेक्टर डेकोसँग आगामी सिजनको लागि सम्भावित नयाँ खेलाडीहरु अनुबन्ध बारेमा कुराकानी गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ जेठ २०८१ ७:४७ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast