 
                             
                                            मकवानपुर- बागमती प्रदेशसभा सचिवालयमा आज शुक्रबार बसेको सर्वदलीय बैठकले वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए।
उनले प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबीच वैशाख ३० गते विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको जानकारी दिए।
सभामुख पाठकको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठकको आयोजना गरिएको थियो। प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो।
                            प्रकाशित: २१ वैशाख  २०८१ २०:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 