बजेट सकारात्मक छ, गतिका साथ काम गर्नुपर्छ : वाग्ले

हिमाल प्रेस १५ जेठ २०८१ १९:०९ | Tuesday, May 28, 2024
बजेट सकारात्मक छ, गतिका साथ काम गर्नुपर्छ : वाग्ले रास्वपाका उपसभापति तथा सांसद डा‍.स्वर्णिम वाग्ले। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा‍‍. स्वर्णिम वाग्लेले आय र व्ययको अनुमान ठिकै रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

सरकारद्वारा आज ९मंगलबार० संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१ र८२ को बजेटबारे प्रतिक्रिया दिँदै उनले सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको बताए। उनले भने, ‘यसमा अर्थमन्त्रीलाई अलिकति शंकाको लाभ दिन चाहन्छु। पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ।’

बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुन सक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताए।

सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्‍याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरुको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उनको भनाइ छ।

प्रकाशित: १५ जेठ २०८१ १९:०९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast