काठमाडौँ- नेपाली कांग्रेसले आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशन अवरुद्ध गरेको छ। प्रतिनिधिसभा बैठक सुरु भएको केही मिनेटमै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसले गरिरहेको छ। कांग्रेसका सांसदहरूले वेल घेरेका थिए। सहकारीपीडितलाई न्याय दे भन्दै नाराबाजी समेत गरे।
यसअघि कांग्रेसका सांसद गगन थापालाई सभामुखले बोल्न समय दिएका थिए। थापाले छानबिन समिति नबनिकन संसदको कुनै पनि काम अघि नबढ्ने बताएका थिए।
सभामुख देवराज घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरेर संसद् बैठक स्थगित गरेका छन्।
प्रकाशित: २८ वैशाख २०८१ १६:३२ | Friday, May 10, 2024
प्रतिक्रिया





