बजेटमा कर्णाली : मार्सीधान प्रवर्द्धनदेखि जडीबुटी हबसम्म

हिमाल प्रेस १६ जेठ २०८१ ७:१३ | Wednesday, May 29, 2024
बजेटमा कर्णाली : मार्सीधान प्रवर्द्धनदेखि जडीबुटी हबसम्म

कर्णाली- सरकारले मंगलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सन्चालन हुने भएका छन्।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर, सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गर्ने नयाँ परियोजना समेटेको छ।

कर्णालीसहित मधेश प्रदेशको पूर्वाधार विकासका लागि एक अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। हिमाल समृद्धि कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्यांग्रा, चौरीलगायतको पशुपालन र स्याउ ओखर, जडीबुटीका फार्म सञ्चालन गर्ने तथा कर्णाली प्रदेशको कृषि र वन पैदावरमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ।

त्यस्तै कर्णालीका दसवटै जिल्लामा सन्चालन हुने एकीकृत सिँचाइ विकास आयोजनाका लागि ८२ बजेट छुट्याएको छ। सुर्खेतको भेरीगंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना तर्जुमा गर्ने उल्लेख छैन।

अर्थमन्त्री पुनका अनुसार हवाई यातायातका क्षेत्रमा सुर्खेत र जुम्ला विमानस्थलको स्तरोन्नति गरिनेछ।

भेरी करिडोर चार सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइनेछ। कर्णालीलाई जडीबुटीको आर्थिक हबका रूपमा विकास गरिनेछ। जुम्लाको हिमा र तिला नदी किनार आसपास क्षेत्रलाई मार्सीधान करिडोर र स्थानीय तथा प्रदेशको सल्यान–रुकुममा कृषि करिडोर बनाइने बजेटमा उल्लेख छ।

कर्णाली एकीकृत सिँचाइका लागि ८२ करोड विनियोजन गरिएको छ। कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ।

कर्णाली र भेरी करिडोरको निर्माण कार्यलाई निरन्तरता दिइनेछ। करिडोरमा पाँच पुल र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्याको बनाइनेछ।

आगामी बजेटमा सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजना संघीय सरकारले अघि बढाउने छ । कर्णाली प्रदेशको वन कार्बन आकलन गरी रेड कार्यक्रमलाई निरन्तरता दिइनेछ।

सरकारले जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनःनिर्माणका लागि रु २१ अर्ब ६० लाख छुट्याएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्यांक निकालेर पुनःनिर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ।

विद्यालय भवन शीघ्र पुनःनिर्माण गरिने छन् ।

भेरी–बबई बहुउद्देश्यीय आयोजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ। दिवा खाजाको बजेटमा वृद्धि गरिएको छ भने स्वास्थ्यतर्फ सुर्खेतमा मेडिकल कलेज निर्माण कार्यले निरन्तरता पाउने छ । यो कार्यक्रम विगत १० वर्षदेखि हरेक वर्षको बजेटमा समावेश हुँदैआएको छ । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा दिइँदै आएको दिवा खाजा वृद्धि गरिएको छ ।

प्रकाशित: १६ जेठ २०८१ ७:१३ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast