बजेटमार्फत शिक्षक–कर्मचारीका माग पूरा गर्न सत्तारुढ दलको ध्यानाकर्षण

हिमाल प्रेस ९ जेठ २०८१ १८:०५ | Wednesday, May 22, 2024
बजेटमार्फत शिक्षक–कर्मचारीका माग पूरा गर्न सत्तारुढ दलको ध्यानाकर्षण

काठमाडौँ- नेपाल शिक्षक महासंघसहितको शैक्षिक संघसंगठनले शिक्षा ऐन तत्काल जारी गर्न र बजेटमार्फत शिक्षक–कर्मचारीका माग पूरा गर्न सत्तारुढ राजनीतिक दलको ध्यानाकर्षण गराएका छन्।

नेपाल शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा आज संघसंगठनका प्रतिनिधिले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार तथा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीलाई सो विषयबारे ध्यानाकर्षण गराएका हुन्।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘आज विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्ने तथा बजेट सम्बन्धित माग सम्बोधन गर्ने सवालमा पक्षीकरण गर्न नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार तथा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीसँग भेट गरियो।’

महासंघले पछिल्लोपटक शिक्षक–कर्मचारीका माग सम्बोधनका लागि सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ।

प्रकाशित: ९ जेठ २०८१ १८:०५ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast