‘फर्की फर्की’ को जापान प्रिमियरमा अनमोल पनि जाने

हिमाल प्रेस १५ जेठ २०८१ १३:४३ | Tuesday, May 28, 2024
‘फर्की फर्की’ को जापान प्रिमियरमा अनमोल पनि जाने

काठमाडौँ- अभिनेता अनमोल केसी फिल्म ‘फर्की फर्की’ जापान प्रिमियर सोमा सहभागी हुने भएका छन्।

जापानको टोक्यो सहरमा हुन लागेको रेडकार्पेटसहित प्रिमियरमा सहभागी हुन जेठ २६ मा जापान जान लागेका हुन्। फिल्म ९ जुन अर्थात् जेठ २७ गते जापानमा प्रिमियर सो हुँदैछ।

फिल्म टोक्यो सहरस्थित नाकानो जिरो हलमा प्रदर्शन हुनेछ। फिल्म हेर्न बिद्यार्थीलाई जापानी येन २५ सय र अन्य दर्शकका लागि जापानी येन तीन हजार टिकट राखिएको छ।

अनमोल छ वर्षपछि जापान जान लागेका हुन्। उनी जापानको टोक्योसहित नागोया, फुकोवाकालगायत सहरमा हुने सोहरुमा पनि सहभागिता जनाउने निर्माण टिमले जनाएको छ।

फिल्म सुयोग गुरुङकाे लेखन एवं निर्देशनमा बनेकाे छ। नेपालमा फिल्मले दर्शक र समिक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको ‘फर्की फर्की’ मा अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ।

प्रकाशित: १५ जेठ २०८१ १३:४३ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast