प्रावि तहमा ९९१ दरबन्दी थप

हिमाल प्रेस ५ जेठ २०८१ १४:०८ | Saturday, May 18, 2024
प्रावि तहमा ९९१ दरबन्दी थप

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ। ४ हजार ४६२ रिक्त दरबन्दीमा थप गरी ५ हजार ४५३ पदका लागि आवेदन खुला गरिएको हाे।

आयोगकाे विज्ञापनअनुसार कोशी प्रदेशबाट साबिक १०७७ मा पद थप भई १३१८, मधेश प्रदेशबाट ५०८ नै कामय भएको छ।

बाग्मती प्रदेशबाट ११०३ रिक्त दरबन्दीमा अन्य पद थप भई ११५७ बनाइएको छ। त्यसैगरी गण्डकी प्रदेशबाट ८०० पदमा थप गरी ११८८,लुम्बिनी प्रदेशबाट ४९५ मा थप गरी ६७९ ,कर्णाली प्रदेशमा १७७ मा अन्य पद थप गरी २८९ र सुदूरपश्चिममा ३०२ रिक्त दरबन्दीमा थप गरी ३१४ पदका लागि विज्ञापन संशोधन गरिएको हे।

आयोगले जेठ १३ गतेसम्म नियमित दस्तुरमा र २० गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने गरी विज्ञापन गरेको छ। आयोगले न्यूनतम योग्यता पुगेका इच्छुकले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन सकिने जनाएकाे छ।

प्रकाशित: ५ जेठ २०८१ १४:०८ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast