प्राकृतिक विपत्ति रोक्नथामबारे कचहरी नाटक लिएर यात्रा गर्दै मण्डला थिएटर

हिमाल प्रेस १६ जेठ २०८१ १७:१४ | Wednesday, May 29, 2024
प्राकृतिक विपत्ति रोक्नथामबारे कचहरी नाटक लिएर यात्रा गर्दै मण्डला थिएटर

काठमाडौँ-  मण्डला थिएटर नेपालले प्राकृतिक विपत्ति रोक्ने उपायबारे कचहरी नाटक ‘लय प्रकृतिको’ लिएर देशका विभिन्न स्थानमा मञ्चन गर्ने तयारी गरेको छ।

मण्डलाकै स्टुडियोमा मंगलबार नाटकको प्रिमियर गरिएको थियो। नाटक प्राकृतिक विपत्तिसँग सम्बन्धित छ। जसमा आगलागी, भुकप्प, बाढी/पहिरो र हावाहुरीको जोखिममा परेका जनतालाई यसबारे कसरी सचेत गराउने र जनचेतना जगाउन सकिन्छ भन्ने  विषयमा आधारित छ।

मण्डला थिएटरको प्रस्तुति रहेको नाटकमा कलाकार कमलमणि नेपाल, सोमनाथ खनाल, सिर्जना सुब्बा, रेणुका कार्की, सिर्जना सुब्बा, रेणुका कार्की, लोकेन्द्र लेखक, प्रदीपकुमार चौधरी, बलबहादुर राई, विकास जोशी, सुरज यादव, अग्निश्री विश्वकर्मा र मनि कुलुङ राईको अभिनय छ।

यही जेठ १८ गते नाटक इलामको सुर्योदय नगरपालिका, जेठ २० मा ताप्लेजुङस्थित माइवाखोला गाउँपालिका हुँदै कञ्चनपुरको भिमदत्त नगरपालिका, कैलालीस्थित भजनी नगरपालिका, जाजरकोटको भेरी मालिका र रुकुमको आठबिसकोटमा नाटक मञ्चन गरिनेछ।

नाटकका लेखक प्रदीपकुमार चौधरी हुन् भने सोमनाथ खनालले नाटकको डिजाइन तथा निर्देशन गरेका छन्। नाटकका निर्माता रिजन केसी हुन्।

नाटक नेपाल सरकार, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा तयार पारिएको हो।

प्रकाशित: १६ जेठ २०८१ १७:१४ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast