प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी, छलफल गर्न बोलाइयो कार्यव्यवस्था समितिको बैठक

हिमाल प्रेस ६ जेठ २०८१ २१:४४ | Sunday, May 19, 2024
प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी, छलफल गर्न बोलाइयो कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। सोही विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवनको शंकर हलमा समितिको बैठक बोलाइएको हो।

यता कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अघि बढ्न नसक्ने बताएको छ। बिहान ११ बजेअघि नै समिति गठन गर्न कांग्रेसका महामन्त्री गगन थापाले अल्टिमेटम पनि दिएका छन्।

प्रकाशित: ६ जेठ २०८१ २१:४४ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast