प्रधानमन्त्रीलाई कारबाही गर्न राप्रपाको माग

हिमाल प्रेस ३० वैशाख २०८१ १६:१६ | Sunday, May 12, 2024
प्रधानमन्त्रीलाई कारबाही गर्न राप्रपाको माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्न माग गरेको छ। आइतबार सभामुख देवराज घिमिरेले राखेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा संलग्न जीबी राईलाई सरकारले नै भगाएको आरोप लगाउँदै उनले प्रधानमन्त्रीमाथि कारबाहीको माग गरेका हुन्।

गृहमन्त्री रवि लामिछानेले यसअघिकै सरकारले जीबी राईलाई भगाएको अभिव्यक्ति दिएको र यही आधारमा प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने शाहीको भनाइ छ।

‘गृहमन्त्रीलाई हामी आग्रह गर्दछौँ। सभामुखलाई पनि अनुरोध गर्न चाहन्छौँ प्रधानमन्त्रीलाई पक्राउ पुर्जी जारी गर्नुपर्छ। अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘यदि यसो नभए गृहमन्त्रीले जवाफ दिनुपर्छ।’

प्रकाशित: ३० वैशाख २०८१ १६:१६ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast