प्रतिपक्षी दलको निष्कर्ष : सभामुखले मर्यादा बिर्सिए, संसदीय समिति नै बटमलाइन

हिमाल प्रेस ७ जेठ २०८१ १४:५१ | Monday, May 20, 2024
प्रतिपक्षी दलको निष्कर्ष : सभामुखले मर्यादा बिर्सिए, संसदीय समिति नै बटमलाइन फाइल तस्बिर

काठमाडौँ- प्रतिपक्षी दलहरूले सहकारीकाे रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा समेत लैजाने भएका छन्।

सोमबार अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो। बैठकले सभामुख देवराज घिमिरेले आफ्नो मर्यादा बिर्सिएको निष्कर्ष समेत निकालेको छ।

‘सभामुख सभामुखजस्तो रहनुभएन। अमुक पार्टीको कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो,’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘हामीले उठाइरहेको विषयमा सदनमा मात्रै होइन। अब सडकका पनि पुर्‍याउँछौँ।’

लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने विषय नै बटमलाइन भएको कांग्रेस प्रमुख सचेतक लेखक बताउँछन्।  लामिछानेले आइतबार संसद्लाई सम्बोधन गर्दै कांग्रेसका नेताहरूमाथि गम्भीर आरोप लगाएपछि कांग्रेस थप आक्रोशित छ।

प्रकाशित: ७ जेठ २०८१ १४:५१ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast