प्रतिनिधिसभा बैठकमा धकेलाधकेल, पेलेरै अघि बढे सभामुख

हिमाल प्रेस ८ जेठ २०८१ १३:०६ | Tuesday, May 21, 2024
प्रतिनिधिसभा बैठकमा धकेलाधकेल, पेलेरै अघि बढे सभामुख

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा प्रतिरोधका बीच सभामुख देवराज घिमिरे बैठक अघि बढाएपछि धकेलाधकेल भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद् बैठक अघि नबढाउन अनुरोध गरेका थिए।

सभामुखले अघि बढाएपछि कांग्रेसले वेल घेराउ गरेको थियो। कांग्रेस सा‌ंसदले बैठक नराख्न अनुरोध गर्दा समेत सभामुखले निरन्तर अघि बढाइरहेका छन्।

उनले नीति पेसका लागि मन्त्रीलाई रोस्टममा बलाउँदा सुरक्षा खतरा हुने भन्दै मर्यादापालक समेत खटाएका छन्। कांग्रेस सांसदले निरन्तर नारा लगाइरहेका छन्।

प्रकाशित: ८ जेठ २०८१ १३:०६ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast