‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जना अनुबन्धित

हिमाल प्रेस १६ जेठ २०८१ १२:१६ | Wednesday, May 29, 2024
‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जना अनुबन्धित

काठमाडौँ-  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। फिल्म निर्माण टिमले अभिनेत्री बराइलीसँग लिखित सम्झौता गरेको हो।

यतिबेला देश तथा विदेशका विभिन्न हलमा अभिनेत्री अञ्जना अभिनीत फिल्म ‘पुजार सार्की’ चलिरहेकाे छ। उनी फिल्ममा अभिनेता आर्यन सिक्देलकाे प्रेमिकाकाे भूमिकामा छिन्।

सेभेन सिजको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कलाकार थपिने क्रम जारी छ। यसअघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपूत, मुकुन भुसाल विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्।

सोसल-ड्रामा जनरामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा मौलिक कथा प्रस्तुत गरिने निर्माण टिमको दाबी छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ।

यही जेठ २१ देखि छायांकन सुरु गर्ने भनिएको फिल्म आगामी वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।मौलिक कथामा बन्ने फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।

प्रकाशित: १६ जेठ २०८१ १२:१६ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast