पुरातात्विक सम्पदाहरूको संरक्षणका लागि बजेटको अभाव छ : पर्यटनमन्त्री तामाङ

हिमाल प्रेस १८ जेठ २०८१ १९:१८ | Friday, May 31, 2024
पुरातात्विक सम्पदाहरूको संरक्षणका लागि बजेटको अभाव छ : पर्यटनमन्त्री तामाङ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरूको संरक्षणका लागि बजेटको अभाव रहेको बताएका छन्।

पुरातात्विक सम्पदाहरूको संरक्षण गरी पर्यटकहरूको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति, योजना र कार्यक्रम सरकारसँग भए पनि बजेटको अभावमा सो काम सहज ढंगले अघि बढ्न नसकेको मन्त्री तामाङको स्पष्टिकरण थियो।

शुक्रबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा धेरै काम गर्नुपर्ने भएकाले त्यसको लागि आवश्यक वातावरण बनाउन राज्यले नै पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री तामाङले पुरातत्व विभागको नीतिगत दृष्टिकोणको आधारमा त्यस्ता सम्पदाहरूको संरक्षण गर्नुपर्ने बताए।। उनले पुरातात्विक महत्वका सम्पदाहरूलाई जस्ताको तस्तै संरक्षण गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित: १८ जेठ २०८१ १९:१८ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast