‘पुजार सार्की’ को गीत ‘जाऊँ माया’

हिमाल प्रेस १ जेठ २०८१ १६:४८ | Tuesday, May 14, 2024
‘पुजार सार्की’ को गीत ‘जाऊँ माया’

काठमाडौँ-  फिल्म ‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक भएको छ। बी पाण्डेले शब्द रहेको गीतमा केतन क्षेत्रीको स्वर छ। गीतमा सुवास भुसालले संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका कलाकार आर्यन सिग्देल र अञ्जना बराइली, प्रदीप खड्का र परीक्षा लिम्बूकोबीचको अन्तरजातीय प्रेमसम्बन्ध देखाइएको छ।

फिल्ममा अन्य कलाकार मोहन निरौला, पल शाह, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको अभिनय छ।

दिनेश राउत निर्देशित फिल्मले जातीय विभेदविरुद्धको संघर्षको कथा प्रस्तुत गरेको छ। विकास सुवेदीको लेखन रहेको फिल्म आगामी जेठ १० गते प्रदर्शन हुनेछ।

यस्तो छ गीत

प्रकाशित: १ जेठ २०८१ १६:४८ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast