पार्टी प्रचण्डले फुटाए, हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसक्यौँ : राजकिशोर यादव

हिमाल प्रेस ३१ वैशाख २०८१ १६:४५ | Monday, May 13, 2024
पार्टी प्रचण्डले फुटाए, हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसक्यौँ : राजकिशोर यादव

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए।

साथै अध्यक्ष उपेन्द्र यादवले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर समर्थन फर्ताको जानकारी पनि गराएका छन्।

सांसद यादवले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोपसमेत लगाए। उनले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउन लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम्‌ले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको बताए।

सांसद यादवले सरकारले गैरजिम्मेवार काम गरेको र त्यसविरुद्ध आफूहरू लाग्ने चेतावनी दिए। सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए।

 

प्रकाशित: ३१ वैशाख २०८१ १६:४५ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast