पद्मकन्यामा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

हिमाल प्रेस १६ जेठ २०८१ १३:०८ | Wednesday, May 29, 2024
पद्मकन्यामा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

काठमाडौँ- पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ।

फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी हुन्। पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबीच अक्षयकोष स्थापना गरिएको हो।

पद्मकन्या क्याम्पसको राजनीतिशास्त्रका विद्यार्थीका लागि एमए र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ। क्याम्पस प्रमुख प्रा डा जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन्। उनले पद्मकन्या स्थापनामा समेत मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।

फाउन्डेसनकोतर्फबाट बोल्दै नेत्रृ सिंहले नेपालको राजनीतिमा मंगलादेवीको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। महिलाका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मंगलादेवी सिंहले गरेको संघर्षको चर्चा गरेकी थिइन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिव, जेहेनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १६ जेठ २०८१ १३:०८ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast