नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

हिमाल प्रेस १८ जेठ २०८१ ७:१४ | Friday, May 31, 2024
नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

काठमाडौँ- नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको आधिकारिक तालिकाअनुसार नेपालले एशाेसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने तय थियो।

उक्त तालिकाअनुसार नेपालले पहिलो अभ्यास खेल क्यानडासँग खेलेको थियो। सो खेलमा नेपाल ६३ रनले पराजित भएको थियो। ग्राण्ड प्रिएरी क्रिकेट रंगशाला, टेक्सासमा हुने नेपाली समयअनुसार राति ९:१५ बजेबाट तय भएको अमेरिकासँगको अभ्यास खेल भने भारी वर्षा भएसँगै खेल रद्द गरिएको हो।

प्रकाशित: १८ जेठ २०८१ ७:१४ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast