नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता बने एसएसपी दानबहादुर कार्की

हिमाल प्रेस ३१ वैशाख २०८१ १८:०५ | Monday, May 13, 2024
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता बने एसएसपी दानबहादुर कार्की एसएसपी दानबहादुर कार्की

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन भएका छन्। प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected]मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १८:०५ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast