नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘गाउँ आएको बाटो’को प्रिमियर

हिमाल प्रेस ६ जेठ २०८१ १२:०६ | Sunday, May 19, 2024
नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘गाउँ आएको बाटो’को प्रिमियर

काठमाडौँ- नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को प्रिमियर हुने भएको छ। महोत्सवको सुरुवाती

कार्यक्रममा फिल्मकाे प्रिमियर गरिने निर्माण टिमले जनाएको छ। महोत्सव समापनमा नेपाली फिल्म ‘द रेड सुटकेस’ देखाइनेछ।

महोत्सव अमेरिकाको मेरिल्याण्डमा २० जुन देखि २३ (असार ६ देखि ९) सम्म चल्नेछ। नेपालमा फिल्म जेठ २५ मा प्रदर्शन हुनेछ। नवीन सुब्बा निर्देशित फिल्ममा गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा प्रस्तुत गरिएको छ।

आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई मुख्य भूमिकामा छन्।

प्रकाशित: ६ जेठ २०८१ १२:०६ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast