नेपालसहित विदेशमा पनि ‘फर्की फर्की’

हिमाल प्रेस ३ जेठ २०८१ ११:२४ | Thursday, May 16, 2024
नेपालसहित विदेशमा पनि ‘फर्की फर्की’

काठमाडौँ- फिल्म ‘फर्की फर्की’ नेपालसहित विदेशमा पनि एकैदिन प्रदर्शन हुने भएको छ। निर्माण कम्पनी रोहित अधिकारी फिल्मस्ले विज्ञप्ति जारी गर्दै जेठ १० बाट ‘फर्की फर्की’ नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने जनाएको छ।

निर्माता रोहित अधिकारीकोअनुसार फिल्म अमेरिकामा ३ सय र अष्ट्रेलियामा ५ सय भन्दा बढी सो तय भएको छ। अमेरिका वितरक प्याट्रिक सुवेदीले अमेरिकाका धेरै सहरमा सिनेमा लाग्ने बताएका छन्। अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले ‘फर्की फर्की’ रिलिज गर्दैछ। अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ।

फिल्म मध्यपूर्वका देशसहित जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा, न्युजिल्याण्ड, भारतमा पनि प्रदर्शन हुनेछ।

सुयोग गुरुङले लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन्। फिल्ममा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको पनि अभिनय छ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन्। फिल्मका सह–निर्माता मनोज ओली र रामु न्यौपाने छन्।

नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादनमा बनेको फिल्ममा शंकर पाण्डेको प्रोडक्सन म्यानेजर, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रोमन बज्राचार्य र नरेन लिम्बूको संगीत छ।

प्रकाशित: ३ जेठ २०८१ ११:२४ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast