नेपालको समूहमा परेको नेदरल्यान्ड्सले गर्‍यो विश्वकपका लागि टिम घोषणा

हिमाल प्रेस १ जेठ २०८१ १०:०३ | Tuesday, May 14, 2024
नेपालको समूहमा परेको नेदरल्यान्ड्सले गर्‍यो विश्वकपका लागि टिम घोषणा

काठमाडौँ- नेदरल्यान्ड्सले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्यान्ड्सले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेदरल्यान्ड्सको विश्वकप खेल्ने टिमः स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, लोगान भ्यान बेक, म्याक्स ओुडाउड, माइकल लेविट, पल भ्यान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह , भिभ किन्ग्मा, वेस्ले बारेसी।

त्यस्तै, रिजर्भ खेलाडीको रुपमा काइल क्लेन रहेका छन्।

टी(२० विश्वकपमा नेदरल्याण्डस नेपाल रहेको समूह ‘डी’ मै रहेको छ। यस समूहमा नेदरल्यान्ड्स र नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन्।

नेदरल्यान्ड्सले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित: १ जेठ २०८१ १०:०३ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast