नेपालको नक्सा नोटमा छाप्दा अरूले चिन्ता गर्नु पर्दैन : केपी ओली

हिमाल प्रेस २९ वैशाख २०८१ १५:५३ | Saturday, May 11, 2024
नेपालको नक्सा नोटमा छाप्दा अरूले चिन्ता गर्नु पर्दैन : केपी ओली केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरू देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरूले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे।

उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए।

प्रकाशित: २९ वैशाख २०८१ १५:५३ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast