निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

हिमाल प्रेस १३ जेठ २०८१ २१:३१ | Sunday, May 26, 2024
निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर पूर्वन्यायाधीश गिरी

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज (आइतबार) जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ।

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ।

प्रकाशित: १३ जेठ २०८१ २१:३१ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast