नवलपुर- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।
उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए।
‘मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन्। बाँकी प्रतिबद्धता पूरा गर्न म कटिबद्ध भएर लाग्ने छु’, उनले भने।
नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रंगशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो।
                            प्रकाशित: ५ जेठ  २०८१ १९:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

