नइ प्रकाशनका चार कृति लोकार्पण

हिमाल प्रेस ३१ वैशाख २०८१ १६:०३ | Monday, May 13, 2024
नइ प्रकाशनका चार कृति लोकार्पण

काठमाडौँ- नइ प्रकाशनले एकैसाथ चार वटा कृतिको लोकार्पण गरेकाे छ। शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०५औँ जयन्तीका अवसरमा वानीरा फाउन्डेसनले राजधानीमा आयोजना गरेको एक समारोहबीच चार कृतिको लोकार्पण गरिएको हो।

लोकाार्पित कृतिहरुमा प्रा. डा. उषा ठाकुरबाट सम्पादित ‘सुनिता कार्कीको काव्यकारिता’, प्रा. डा. सावित्री कक्षपतिद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईंको अर्जनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा. अम्बिका अर्यालद्वारा लिखित ‘नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्यास’ र अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ छन्।

वानिरा फाउन्डेसनका संस्थापक इञ्जिनियर शंकर गिरी, लेखक भूपालमानसिंह कार्की प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंले उक्त पुस्तकको लोकार्पण गरे।

वानिरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित कार्यक्रम समारोहमा सुनिता कार्की, प्रा. डा. सावित्री कक्षपति, डा. अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे धारणा राखेका थिए।

प्रकाशित: ३१ वैशाख २०८१ १६:०३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast