धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

हिमाल प्रेस १६ जेठ २०८१ १७:२६ | Wednesday, May 29, 2024
धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

काठमाडौँ- चलचित्र विकास बोर्डले आगामी असार ७ देखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजन गर्ने भएको छ। बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ।

प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ का बालबालिका एवं वयस्कहरुले निर्माण गरेका बाल चलचित्रहरुको प्रदर्शन तथा प्रतिष्पर्धा गराइने छ। महोत्सवमा प्रदर्शन गरिने बाल चलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरुलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए।

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा बालचलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने संवाद, फोटो एवं बालपुस्तक प्रदर्शनी, झाँकी, साँस्कृतिक एवं सांगितिक प्रस्तुति रहने छ।

प्रकाशित: १६ जेठ २०८१ १७:२६ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast