दुवै सदनमा कांग्रेसको अवरोध, पेस भएन राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव

हिमाल प्रेस १ जेठ २०८१ १८:२९ | Tuesday, May 14, 2024
दुवै सदनमा कांग्रेसको अवरोध, पेस भएन राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनमा धन्यवाद प्रस्ताव पेस हुन सकेन । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले विरोध जनाएपछि धन्यवाद प्रस्ताव पेस हुन नसकेको हो।

दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे बसेको थियो। सो बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रचलन छ। तर कांग्रेसको अवरोधका कारण दुवै सदनमा धन्यवाद प्रस्ताव पेस भएन ।

अब राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक जेठ ३ गते बस्नेछ।

प्रकाशित: १ जेठ २०८१ १८:२९ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast