दुई ठूला अर्थतन्त्र भएको राष्ट्रको बीचमा भए पनि नेपालले फाइदा लिन सकेन : मीनेन्द्र रिजाल

हिमाल प्रेस ३ जेठ २०८१ २१:२६ | Thursday, May 16, 2024
दुई ठूला अर्थतन्त्र भएको राष्ट्रको बीचमा भए पनि नेपालले फाइदा लिन सकेन : मीनेन्द्र रिजाल

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज (बिहीबार)  भैरहवामा आयोजित   भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हासिल गर्ने सक्ने सभावना धेरै रहेको बताएका हुन्।

फरक प्रसंगमा बोल्दै नेता डा. रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राखे। उनले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताए।

प्रकाशित: ३ जेठ २०८१ २१:२६ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast