काठमाडौँ- प्रतिनिधिसभाको बैठक सरेको छ। बिहान ११ बजे तय गरिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजेलाई तय गरिएको हो।
सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारलगायतको विषयमा सत्तापक्ष र विपक्षी दलको संयुक्त कार्यदलको बैठ जारी छ।
गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो। कांग्रेसले टीओआरमा रवि लामिछानेको नाम किटान गरेरै लेख्नुपर्ने अडान लिएको छ।

प्रकाशित: ६ जेठ २०८१ १२:५३ | Sunday, May 19, 2024
प्रतिक्रिया





