‘दान्भी’को गीत ‘मायाको खानी’

हिमाल प्रेस ६ जेठ २०८१ १६:४५ | Sunday, May 19, 2024
‘दान्भी’को गीत ‘मायाको खानी’

काठमाडौँ-  फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ। सुरेश लामा र ममता गुरुङको स्वर रहेको गीतमा प्रदीप प्रखर पोखरेलको शब्द छ। गीतमा अर्जुन पोखरेलको संगीत भरेका छन्।

कविराज गहतराजको कोरियोग्राफी गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बम्जनको रोमान्टिक नृत्य देख्न सकिन्छ।

फिल्म असार ७ मा प्रदर्शन हुनेछ। अभिनेत्री पूजा पहिलो पटक एक्सन फिल्म बदलाको कथामा आधारित छ।

रुपेश तामाङले निर्देशन गरेको फिल्म संजोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथामा बनेको छ। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन  हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन छ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता पवन राना मगर हुन्। फिल्म जुना फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ६ जेठ २०८१ १६:४५ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast