काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन्। बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन्। बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि अस्पताल पुगेका हुन्।
अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।
प्रकाशित: २६ वैशाख २०८१ १६:३७ | Wednesday, May 8, 2024
प्रतिक्रिया




