दश महिनामा २१ गैंडा मरे

हिमाल प्रेस २८ वैशाख २०८१ ९:३७ | Friday, May 10, 2024
दश महिनामा २१ गैंडा मरे फाइल तस्बिर

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको दश महिनामा २१ वटा गैंडा मरेका छन्। चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैंडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन्।

गैंडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन्।

संख्या बढेपछि बासस्थानका कारण गैंडा मर्ने क्रम बढेको उनले बताए। उनले भने,‘घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैंडा संरक्षणमा सहयोग पुग्छ।’

यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनकाे भनाइ छ।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैंडा मरेको थियो। हाल निकुञ्जमा छ सय ९४ गैंडा छन्। दुर्लभ एकसिङ्गे गैंडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या धेरै भएपछि निकुञ्जले केही गैंडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ।

प्रकाशित: २८ वैशाख २०८१ ९:३७ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast