थुनिएको तामाकोशीबाट पानी बग्न थाल्यो, अलपत्र पर्यटकलाई उद्धारको तयारी

हिमाल प्रेस १८ जेठ २०८१ १५:३५ | Friday, May 31, 2024
थुनिएको तामाकोशीबाट पानी बग्न थाल्यो, अलपत्र पर्यटकलाई उद्धारको तयारी थुनिएको तामाकोशी। तस्बिर स्रोत- हाम्रो अपडेट डट कम

काठमाडौँ- दोलखाको विगु गाउँपालिका-१ स्थित देउरालीमा सुख्खा पहिरो जाँदा थुनिएको तामाकोशी नदी अहिले खुल्न थालेको छ। वडा अध्यक्ष मेमबहादुर तामाङले थुनिएको नदी खुलेसँगै थप जोखिम केही नभएको बताए।

तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थलबाट करिब साँढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको हो।

‘बिहान ११ बजेतिर पहिरो खसेर नदी थुनिएको थियो,’ उनले हिमालप्रेससँग भने, ‘अहिले नदी बिस्तारै बग्न थालेको छ। अब केही खतरा छैन।’ बिहान ११ बजे आसपास थुनिएको तामाकोशी नदी दिउँसो ३ बजेतिमात्रै खुलेको उनले बताए।

उनका अनुसार पहिरोका कारण दुई गाउँको सडक सम्पर्क टुटेको छ भने नेपाली र विदेशी गरेर ६० जना पर्यटक पनि अलपत्र परेका छन्।

‘पहिरोले सडक बगाउँदा लप्ची र लुन्नाङ गाउँको जाने बाटो छैन। रोड सबै बगायो। पानी पुरै बगिसकेपछि ‍यसको उपाए केही गरौँला भन्ने छ,’ उनले भने, ‘घुम्न गएका नेपाली र विदेशी गरेर ६० जना पर्यटकलाई चाहिँ तत्कालै वैकल्पिक बाटो प्रयोग गरेर त्यहाँबाट अन्यत्र लैजाने तयारी गरिरहेका छौँ।’

प्रकाशित: १८ जेठ २०८१ १५:३५ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast