काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ।
तेजाबी सुन बिहीबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ। बिहिबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ। रासस
प्रकाशित: १८ जेठ २०८१ १२:२० | Friday, May 31, 2024
प्रतिक्रिया




