तीनवटै तहका सरकारको सेवा प्रवाहमा मापदण्ड तोकिने

हिमाल प्रेस १ जेठ २०८१ १५:४० | Tuesday, May 14, 2024
तीनवटै तहका सरकारको सेवा प्रवाहमा मापदण्ड तोकिने

काठमाडौँ- सरकारले तीनवटै तहका सरकारबाट प्रवाह हुने सेवालाई न्यूनतम मापदण्ड बनाएर कार्यान्वयन गर्ने भएको छ। संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहबीचमा संरचनामा एकरुपता ल्याइने पनि बताए।

आन्तरिक स्रोतको परिचालनलाई दिगो बनाइने, करदाताको व्यवसायी लागत घटाइने गरी प्रविधिको उपयोग गरिने, सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी प्रयोग गरिने पनि पौडेलले बताए।

अति कम विकसित राष्ट्रबाट विकाशील राष्ट्रमा स्तरोन्नति हुँदा प्राप्त हुने स्रोतलाई योजना बनाएर कार्यान्वयन गरिने योजना सरकारले बनाएको उनले जानकारी दिए।

प्रकाशित: १ जेठ २०८१ १५:४० | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast