तारकेश्वरमा प्रहरी जवान मृत भेटिए

हिमाल प्रेस ५ जेठ २०८१ ६:४७ | Saturday, May 18, 2024
तारकेश्वरमा प्रहरी जवान मृत भेटिए

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार यो घटना शुक्रबार अपराह्न ५ बजेतिरको हो। स्थानीयले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो।

खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

प्रकाशित: ५ जेठ २०८१ ६:४७ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast