तारकेश्वरका १२ हजार बालबालिकालाई पोलियोविरुद्धकाे खोप लगाइने

हिमाल प्रेस ११ जेठ २०८१ ७:२५ | Friday, May 24, 2024
तारकेश्वरका १२ हजार बालबालिकालाई पोलियोविरुद्धकाे खोप लगाइने

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइने भएको छ।

तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएकोे जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ।

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।

प्रकाशित: ११ जेठ २०८१ ७:२५ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast