पौडी खेल्ने क्रममा डुबेर दुई युवाको ज्यान गयाे

हिमाल प्रेस ५ जेठ २०८१ १८:१४ | Saturday, May 18, 2024
पौडी खेल्ने क्रममा डुबेर दुई युवाको ज्यान गयाे प्रतीकात्मक तस्बिर।

तनहुँ- बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको ज्यान गएको हो।

६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर ज्यान गएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए।

अन्य चारजना सकुशल रहेका छन्। मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए।

प्रकाशित: ५ जेठ २०८१ १८:१४ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast