डीआईजीमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १४ जेठ २०८१ २१:४३ | Monday, May 27, 2024
डीआईजीमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा पदोन्नति भएका चार जना प्रहरी अधिकृतलाई आज (सोमबार) को दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे।

पदोन्नति हुने प्रहरी नायव महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन्।

गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार  प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्न प्रदान गरे।

सो क्रममा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमतालगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्यांकन गरी पदोन्नति गरिएको बताए।

प्रकाशित: १४ जेठ २०८१ २१:४३ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast