डीआईजीमा चारजनाको बढुवा

हिमाल प्रेस ५ जेठ २०८१ ७:४३ | Saturday, May 18, 2024
डीआईजीमा चारजनाको बढुवा प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)का लागि बढुवा सिफारिस भएका छन्।

शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

पोखरेल एसएसपीमा पहिलो नम्बरमा थिए। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएका हुन्। उनी आगामी भदौ १५ गते अनिवार्य अवकास हुनेछन्।

बाँकी तीन एसएसपी भने तीन ब्याचलाई टप्दै अगाडि आएका हुन्।

यस्तै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि २०५३ सालमा नेपाल प्रहरीमा आएको टोली पनि डीआईजी बढुवामा छुटाइएको छ।

सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदी पनि बढुवामा परेनन्।

उनीहरूभन्दा पछाडि रहेका एसएसपी कार्की, केसी र अधिकारीलाई बढुवा गरिएको हो।

प्रकाशित: ५ जेठ २०८१ ७:४३ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast