टी-२० विश्वकपमा नेपालको अन्तिम ‘वार्मअप म्याच’, अमेरिकासँग भिड्दै

हिमाल प्रेस १७ जेठ २०८१ ६:४० | Thursday, May 30, 2024
टी-२० विश्वकपमा नेपालको अन्तिम ‘वार्मअप म्याच’, अमेरिकासँग भिड्दै

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार आयोजक अमेरिकासँग अन्तिम वार्मअप म्याच खेल्नेछ।

अमेरिकाको डलासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ।

विश्वकपको तयारीमा रहेको नेपाल र अमेरिकाले एकअर्काविरुद्ध खेलेसँगै प्रतियोगिताका लागि तयार हुनेछन्।

विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो। सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याचमा क्यानडाविरुद्ध खेलेको थियो। सो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो।

अमेरिकाले भने आफ्नो पहिलो वार्मअप म्याच खेल्न पाएन। बंगलादेशसँग मंगलबारका लागि तय भएको वार्मअप म्याच खराब मौसमका कारण हुन सकेन।

नेपालले ४ जुनमा नेदरल्यान्डस् सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। आयोजक अमेरिकाले जुन २ मा क्यानडासँग विश्वकपको उद्घाटन खेल खेल्नेछ। विश्वकपको उद्घाटन खेल यही मैदानमा हुनेछ।

विश्वकपको तयारीका लागि नेपालले वेष्ट इन्डिजमा तीन अभ्यास खेल खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले विनवार्ड भोल्क्यानोजविरुद्ध २-१ ले जित निकालेको थियो।

वेष्ट इन्डिजबाट अमेरिका पुगेको नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्स दुई अभ्यास खेल खेलेको थियो। ती दुवै खेल नेपालले जितेको थियो।

प्रकाशित: १७ जेठ २०८१ ६:४० | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast