काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले टीकापुरमा विवादित भनिएको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन्। आजको संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले सबै प्रक्रिया पुर्याएर जग्गा किनेको बताएकी हुन्।
‘टीकापुरको जग्गा तपाईँहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु,’ उनले भने, ‘मैले ०५३ सालामा किनेको हो। यो घोटाला भएको ०६८ पछि हो।’
टीकापुर जग्गा किनबेचमा कांग्रेस नेतृ आरजु राणाको नाम जोडिएको छ। यो प्रकरणको फाइल खोल्ने संकेत गृहमन्त्री रवि लामिछानेले आइतबारको संसद् बैठकमा गरेका थिए। उनले भनेका थिए, ‘साथीहरूले मिडिया मिलाउनू भन्नुहुन्छ। म स्कुल मिलाउँछु गाउँमा। टीकापुर मिलाउँछु तर मिडिया मिलाउन सक्दिनँ।’
प्रकाशित: ८ जेठ २०८१ १४:०९ | Tuesday, May 21, 2024
प्रतिक्रिया





