टीओआर टुंग्याउन कार्यदलको बैठक बस्दै

हिमाल प्रेस ११ जेठ २०८१ ५:५१ | Friday, May 24, 2024
टीओआर टुंग्याउन कार्यदलको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ। हिजो सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राख्दै आएको छ। नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कार्यदलको बैठक आज बिहान बस्ने जानकारी दिए। उनले भने, ‘टीओआर टुंग्याउन आज बिहान ८:३० बजे बैठक बस्दै छ। हामी सहमति नजिक पुगेका छौँ।’

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरुलाई स्वीकार्य नभएको बैठकपछि बताएका थिए।

उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार छन्।

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउने बताइएको छ।

प्रकाशित: ११ जेठ २०८१ ५:५१ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast